एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक जारी


४ कार्तिक २०७८, बिहिबार



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । बिहीबार अपराह्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी भएको बैठकले महाधिवेशन गर्ने स्थान टुङ्गो लगाउने बताइएको छ । वैठकलाई अध्यक्ष ओलीले सम्वोधन गरिरहेका छन् ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुनेछ । एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल बैठक शुरु भएपछि एकैसाथ बैठक कक्षमा प्रवेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस