पाँचथरमा पहिरोमा परी ५ जनाको मृत्यु , २ जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँचथरमा पहिरोमा परी ५ जनाको मृत्यु , २ जना बेपत्ता


३ कार्तिक २०७८, बुधबार


पाँचथर । अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ ।

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस