महासचिवमा दोहोरिन्न, केपी ओलीलाई कमजोर पार्ने गरी पदमा दाबी गर्दिनँ : पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महासचिवमा दोहोरिन्न, केपी ओलीलाई कमजोर पार्ने गरी पदमा दाबी गर्दिनँ : पोखरेल


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा आफू महासचिव पदमा नदोहोरिने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलले विधानले पनि नमिल्ने र तेस्रो पटक महासचिव पदमा उम्मेदवार पनि नबन्ने प्रस्ट पारे ।

यसै गरी उनले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताए । मुलुकको राजनीति अहिले केपी ओली र ओली विरोधी धारमा बाँडिएको पनि उनले सुनाए ।

गठबन्धन एकातिर र अध्यक्ष ओली एकातिर रहेको भन्दै उनले भने, ‘ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौँ ।’

मन्त्रिपरिषद्मा अदालतको समेत भागबन्डा रहेको विषयले परमादेशबाट बनेको सरकारको नियत प्रस्ट भएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस