उखु किसानले अझै पाएनन् भुक्तानी « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उखु किसानले अझै पाएनन् भुक्तानी


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् ।

बक्यौता रकम तुरुन्तै नदिए दसैँपछि आन्दोलन चर्काउने उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैँ जस्तो ठुलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने।

अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ। श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन। इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुई दुई करोड दिएका छैनन्।

गत वर्ष किसानलाई ९० करोड भुक्तानी दिन बाँकी थियो। समस्या समाधानका लागि सरकारले उद्योग, कृषि र अर्थ मन्त्रालय सम्मिलित एक कार्यदल बनाएको थियो। ९० करोडमध्ये २५ करोड विवादित भनिएको थियो।

६५ करोड भुक्तानी गर्न उद्योगी सहमत भएका पनि थिए। तर, कैयौँ पटकको आन्दोलनपश्चात् उनीहरूले हालसम्म ५२ करोड मात्रै तिरेका छन्।

किसानले २५ करोड पाउने/नपाउने अझै अन्योल छ। ‘उखु किसानले आन्दोलन गर्छन्। सरकारले सुने जस्तो गर्छ। उद्योगीले चारो फालेझैँ किसानलाई भुक्तानी दिए जस्तो गर्छ,’ सर्लाहीको सिसौटियाका ६५ वर्षीय उखु किसान रामविलास महतो भन्छन् ।

महतो बक्यौता उठाउन बस चढेर काठमाडौँ आएको धेरै पटक भयो। किसानले नगदमा उब्जाएको उखु उधारोमा बेच्न बाध्य छन्।

ऋण काढेर वर्ष दिन लगाएर उब्जाएको उखु क्रसिङ गरेर उद्योगी ७२ घण्टामा चिनी बनाउँछन्। बिक्री गरेर मालामाल बन्छन्। तर उखु उब्जाउने किसानले पाँच वर्षसम्म भुक्तानी पाउँदैनन्।

पाँच वर्षयता उखुको बक्यौता रकम नपाउने किसानको सङ्ख्या सर्लाहीमा मात्रै १० हजार छ। ‘सरकार उद्योगीसँग मिलेर हाम्रो पसिनाको कमाइ छिपाउँछन्,’ रामविलासले भने।

Tags :
प्रतिक्रिया दिनुहोस