अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ५० जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ५० जनाको मृत्यु


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् ।

कुन्दुज सहरस्थित मस्जिदमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताइएको छ । मारिेनेहरु शिया समुदायका व्यक्तिहरू रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा तालिबानको कब्जा विरुद्ध सक्रिय आइएस र सुन्नी कट्टरपन्थीहरुको योजनामा विस्फोट गराइएको अनुमान गरिएको छ ।

सुन्नी चरमपन्थीहरुले उनीहरुलाई पाखण्डी भन्ने गर्दछन् । सो समूहले हालै अफगानिस्तानका पूर्वी भागका धेरै ठाउँमा बम विस्फोट गराइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस