२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार गठन भएको करिब तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, गजेन्द्र हमाल आपूर्तिमन्त्री (सूचीसहित)

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको करिब तीन महिनापछि दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन् । उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।

कसलाई कुन मन्त्रालय ?

नेपाली कांग्रेसबाट

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय – नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि – ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला – दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

माओवादी केन्द्रबाट

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ ९किसान०

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

प्रतिक्रिया दिनुहोस