२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत चारवटा खण्डको निर्माण सम्पन्न

अ+ अ-

म्याग्दी । उत्तर(दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनाको चारवटा खण्डको निर्माण सम्पन्न भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार खण्डको स्तरोन्नति सम्पन्न भएको हो । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३र७४ देखि शुरु भएको हो ।

आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चारवटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी(जोमसोम सडकको ६५ र सातवटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम(कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । ‘जोमसोम(कोरला सडकको सातमध्ये चारवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्,’ उनले भने, ‘बाँकी तीनवटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।’

दिवा(रौताह(एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका(१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना(घिलिङ, जोमसोम(कागबेनी(ताङ्वे र ताङ्वे(चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७र७८ सम्ममा पाँच अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।

सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आर्थिक वर्ष २०७३र७४ मा ४६ करोड २० लाख, २०७४र७५ मा एक अर्ब ५२ करोड ५२ लाख, २०७५र७६ मा एक अर्ब ३१ करोड, २०७६र७७ मा ९० करोड २५ लाख र आव २०७७र७८ मा एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

पछिल्लो आव २०७७र७८ मा सडक स्तरोन्नतितर्फ ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन् ।

प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका(९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताए ।

‘बेनी घाँसा खण्डको दुई प्याकेजमा डीबीएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ,’ उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’ बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’को रपमा लिने गरिन्छ । यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कोरला नाकासम्म सहज रुपमा सडक सुविधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ ।

‘सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दबाब पुग्छ, स्थानीयवासी भन्छन्, ‘सडकको स्तरोन्नति र कालोपत्रे हुन थालेपछि हामी उत्साहित भएका छौं ।’