युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कार स्थलबाट शव बरामद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कार स्थलबाट शव बरामद


२२ आश्विन २०७८, शुक्रबार


वीरगन्ज। भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ।

ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो। ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन्।

पर्सा जगरनाथपुर–१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। अहिले मियाँ भने फरार छन्।

पर्सा प्रहरीका अनुसार बिहीबार अपराह्न शव वीरगञ्ज–१२ मुर्ली कब्रस्थानबाट बरामद गरिएको हो। शव गाड्नका लागि खाल्डो समेत खनिसकिएको थियो।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ। शव गाड्ने तयारीमा रहेका किशोरीका आफन्तसहित ९ जनालाई पक्राउ गरिएको बतइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस