दुई मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएर सरकारमा जाने नेकपा(एस)को निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुई मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएर सरकारमा जाने नेकपा(एस)को निर्णय


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) दुई मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिएर सरकारमा जाने भएको छ ।

नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटी बैठकबाट नेकपा(एस)ले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा जाने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘दुई मुख्यमन्त्री लिने गरी चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भयौँ,’ आज मात्रै उपमहासचिवमा नियुक्त भएका खतिवडाले भने,’भोलि बेलुका पर्सी बिहानसम्म निर्णय गर्छौँ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

खतिवडाकाअनुसार नेकपा(एस) ले सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस