रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध


२१ आश्विन २०७८, बिहिबार


रुपन्देही । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन हुने संकेत देखिएको छ ।

निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयनको अन्तिम समय सम्म अध्यक्ष लगायतका अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्ष पदमा जीवकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको छ । संघको आगामी नेतृत्वका लागि आज उम्मेदवारी मनोनयनको तालिका रहेको थियो भने साधारणसभाको उद्घाटन असोज २३ गते बुटवलमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस