मन्त्री छान्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री छान्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ ।

बिहान १० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दै छन् ।

जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् । पूर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस