प्रशासन सेवाका ९ सहसचिवको दरबन्दी थप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रशासन सेवाका ९ सहसचिवको दरबन्दी थप


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । सरकारले ९ जना सहसचिवको दरबन्दी थप गरेको छ । 

प्रशासन सिंहदरवार उच्च स्रोतलाई प्राप्त जानकारी अनुसार सङ्घ र प्रदेशका लागि ३ जनाको दरबन्दी स्वीकृत भइसकेको छ भने ६ जनाका लागि अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै निर्णय प्रक्रियामा छ ।

केही प्रदेशले मन्त्रालय फुटाएसँगै आवश्यक पर्ने प्रदेश सचिवका लागि नेपाल प्रशासन सेवाका दरबन्दी थप्नु परेको हो । सङ्घको सहसचिव प्रदेश सचिव हुने व्यवस्था रहेको छ । प्रदेशको मागकै आधारमा दरबन्दी थप्नु परेको ती स्रोतको भनाई छ । 

यसअघि थप भएका तीन सहसचिवको दरबन्दीमा काठमाडौँ महानगरपालिका, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन्  । 

Tags :
प्रतिक्रिया दिनुहोस