२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

अ+ अ-

काठमाडौँ । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि उनी निर्णायकमा छनोट भएका छन् ।

एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स) मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए । चीनकै उसि सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन् ।

स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि उनले रेफ्री भएर काम गरिसकेका छन् ।

छोटो समयको तीव्र प्रतिस्पर्धाको खेलमा भिडन्तलाई ठिक ढङ्गले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद विधामा च्याम्पियनसिप विभागीय टोली हो ।

स्पेन, अमेरिका, जापान, पोर्चुगललगायत मुलुकबाट यसबीचमा रेफ्रिका लागि निम्ता आए पनि कोभिड–१९ का कारण प्रतियोगितामा सहभागी हुन नसकेको उनले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस