चीनसँग सीमा जोडिएको हुम्लाबारे परराष्ट्रलाई गृहको पत्राचार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनसँग सीमा जोडिएको हुम्लाबारे परराष्ट्रलाई गृहको पत्राचार


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो ।

गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई हिजो (सोमबार) पत्राचार गरिसकेको जानकारी दिए ।

गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केही विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

समितिले गत असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस