सचिव बढुवाका लागि वरिष्ठ सहसचिव पन्थको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव पन्थको नाम सिफारिस


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रविलाल पन्थको नाम सिफारिस गरेको हो । पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा कार्यरत छन् । 

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव पन्थको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस