यातायात व्यवस्था कार्यालयबाट दुई बिचौलिया पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यातायात व्यवस्था कार्यालयबाट दुई बिचौलिया पक्राउ


१८ आश्विन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई बिचौलियालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।

उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।

तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस