सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री देउवा


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

ग्यालेक्सी फोर के टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेबार पत्रकारिता गर्ने उनले विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रूपमा स्थापित रहेको भन्दै प्रधानमन्त्री देउवाले नेपाललेसमेत सोही मान्यताअनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे । उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस