इथियोपियाद्वारा संयुक्त राष्ट्रसङ्घका ७ उच्च अधिकारीलाई देश निकाला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इथियोपियाद्वारा संयुक्त राष्ट्रसङ्घका ७ उच्च अधिकारीलाई देश निकाला


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ। अफ्रिकी मुलुक इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको हो ।

इथियोपिया सरकारले ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए ।

राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा बढी प्रचारबाजी गरेको तथा केही गम्भीर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्कासनमा परेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस