प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आज बिहीबार को बैठक पनि अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थालेका थिए । एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेकै बखत सभामुख सापकोटाले सदनको काम–कारबाही अघि बढाए ।

नाराबाजीकै बिच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन पेस गरेका थिए ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस