जापानमा शक्तिशाली भूकम्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जापानमा शक्तिशाली भूकम्प


१३ आश्विन २०७८, बुधबार


टोकियो । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।

भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस