मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धन आन्तरिक छलफलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धन आन्तरिक छलफलमा


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका हुन् ।

यी दुई पार्टीले आजै (मंगलबार) मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरेका छन् ।

एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने होड चलेको छ ।

भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

आज मंगलबार मन्त्रालय टुङ्गो लागेमा भोलि र नलागेमा पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस