रुपन्देहीबाट लागुऔषधसहित ६ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुपन्देहीबाट लागुऔषधसहित ६ जना पक्राउ


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । रुपन्देहीबाट लागुऔषधसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत महाराजगन्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका-३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका-१० का २१ वर्षीय रविन्द्रकुमार रावत छन्।

उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। उनीहरूको साथमा ब्राउनसुगर तौलने तराजु पनि थियो। सिद्धार्थनगर नगरपालिका-६ स्थित महावीरपथबाट प्रहरीले बा३प २७३९ र लु३१प २६१२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी, प्रहरीले रोहिणी गाउँपालिका-५ मझौनि चोकबाट लु४प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका-१६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए।

उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ।

यस्तै, मायादेवी गाउँपालिका-५ मा लु४४प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विनरोफ नामक २९ बोतल लागुऔषधसहित मायादेवी-६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सो कार्यालयले जनाएको छ। लागुऔषधविरुद्धको कारबाहीमा गत वैशाखयता प्रहरीले रुपन्देहीबाट ६१ पुरुष र पाँच महिलालाई पक्राउ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस