हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार


९ आश्विन २०७८, शनिबार


काठमाडौँ। चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार भएको छ ।

अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार भएको बताइएको छ ।

चीन र अमेरिकाबिच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीहरुले अनुमान गरेका छन् । वासिङ्टन र बेइजिङबिचको वर्षौँदेखिको कूटनीतिक टकराब अन्त्यका लागि मेनको मुद्दा फिर्ता प्रभावकारी हुने बताइएको छ ।

अमेरिकाको वारेन्टमा सन् २०१८ मा मेनलाई भ्याकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरिएको थियो । सन् २०१३ मा उनीमाथि इरानमा दूरसञ्चार उपकरणको व्यापारिक कारोबारका क्रममा बैङ्क र तार ठगिको आरोपमा दोषी ठहर गरिएको थियो ।

मेनको गिरफ्तारीसँगै क्यानडासमेत सो प्रकरणमा विवादमा तानिएको थियो । अमेरिकी अधिकारीहरुले मेन आफूमाथि लागेको आरोप स्वीकार गरेसँगै मुद्दा फिर्ता लिइएको बताएका छन् । तर हुवावेका प्रवक्ताले भने अमेरिकी अधिकारीहरुको दाबीको खण्डन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस