सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट


९ आश्विन २०७८, शनिबार


गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले हिजो (शुक्रबार) बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र संवर्द्धन गर्न नसके अस्तित्व नै लोप भएर जाने बताए ।

सोनाहा जातिलाई राज्यले सूचीकरण नगरेका कारण राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट वञ्चित हुनुपरेकाले राज्यले लोपोन्मुख सोनाहा जातिको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको उनले बताए ।

मुख्यमन्त्री भट्टले सर्वोच्च अदालतले नै सूचीकरण गर्न सरकारलाई निर्देशन दिइसकेकाले सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए । उनले सोनाहा जातिलाई सूचीकृत गर्न सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय सरकारलाई आग्रह गर्ने आश्वासन दिए ।

सूचीकरणका लागि सोनाहा समुदाय आफैँ सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै उनले भने, ‘कमैया र दलित समुदायले आफैँले सङ्घर्ष गरेर अधिकार लिएको उदाहरण सोनाहाले सिक्नुपर्ने हुन्छ ।’

सोनाहा समुदायले परम्परादेखि नै नदीमा सुन चाल्ने, माछा मार्ने लगायतका काम गर्दै आएका छन् । सोनाहाले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुङ्गा चलाउनेदेखि बास, गाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षासमेतमा वञ्चित हुनु परेको समाजका अध्यक्ष बलबहादुर सोनाहाले गुनासो गरे।

सोनाहा जातिको कैलाली, कञ्चनपुर र बर्दियामा गरी तीन जिल्लामा एक हजार २०० जनसङ्ख्या रहेको जनाइएको छ । सूचीकरण भएन भने सो सङ्ख्या लोप भएर जाने चिन्ता सो समुदायको चिन्ता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस