सुदूरपहाडमा भूकम्पको धक्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपहाडमा भूकम्पको धक्का


९ आश्विन २०७८, शनिबार


बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिजो (शुक्रबार) भूकम्प गएको छ ।

शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस