२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकलाई अनअराइभल भिसा खुल्यो

अ+ अ-

काठमाडौँ । सरकारले कोभिड संक्रमणका कारण रोक लगाएको अनअराइलल भिसा सर्तसहित खुला गरेको छ ।

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) पाउने छन् ।

यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको छ ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने छन् । तर नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुनस् अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यदि त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा निको नभएससम्म बस्नुपर्ने सर्तहित भिसा खुल्ला गरेको सहसचिव अधिकारीले बताए ।

त्यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिकले नेपाल फर्किँदा पूर्ण खोप लगाएको हुनुपर्ने छ । त्यस्तै हवाई उडानमा चेक इन हुनु भन्दा ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पनि पेश गर्नुपर्ने छ । त्यस्तै सरकारले सीसीएमसीको फारम पनि अनिवार्य भर्नुपर्ने नियम तोकेको छ । यदि नेपाल प्रवेश गर्दा कोभिडको कुनै लक्षण वा चिह्न नभएमा गन्तव्यमा जान दिइने भनिएको छ ।

विदेशबाट नेपालमा आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने नेपाली वा गैरआवासीय नेपालीलाइ भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटीभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा जान दिइने भनिएको छ ।

त्यस्तै स्थलगत मार्गबाट पनि अब विदेशीले नेपाल आउन पाउने छन् । उनीहरुले पनि ७२ घन्टा अघिको कोभिड नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ ।

सरकारले कारोना भाइरस माहामारी नियन्त्रण तथा व्यवस्थापनका लागि ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस