२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर परिषद् नहुँदा विकास निर्माण प्रभावित

अ+ अ-

वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा यस वर्ष विकास निमार्णका काम प्रभावित बनेका छन् ।

गत वर्ष २०७७ असार १० गते नगर सभामा आव २०७८/७९ का लागि पेस गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् ।

बजेट वितरणमा जनप्रतिनिधिको विवाद सिर्जना हुँदै आएपछि हालसम्म पनि नगर परिषद् सम्पन्न हुन नसकेकाले नगरभित्र हुनुपर्ने सबै विकास निर्माणका काम प्रभावित बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए।

जनप्रतिनिधिबिच बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा लामो समयदेखि नगर परिषद् सम्पन्न हुन सकेको छैन । चालु आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेर योजना कार्यान्वयन चरणमा जानुपर्ने बेलासम्म परिषद्सम्म नहुँदा नगरपालिकाको विकास निर्माणसँगै कर्मचारीको तलब निकासाको कामसमेत प्रभावित भएको हो ।

दश वडा रहेको उक्त नगरपालिकाका जनप्रतिनिधिबिच बजेट बाँडफाँटको विषयलाई लिएर आपसी समझदारी नहुँदा नगर परिषद्मा ढिलाइ हुँदै आएको छ । चौध स्थानीय पालिका रहेको पर्साका १२ स्थानीय तहमा परिषद् सम्पन्न भई यस वर्षको कामसमेत सुरु भइसकेको अवस्थामा पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकाको यस वर्षको परिषद् सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस