जबजलाई कुरुप बनाउने काम गरिएको छः अध्यक्ष नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जबजलाई कुरुप बनाउने काम गरिएको छः अध्यक्ष नेपाल


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए ।

उनले भे, ‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौं ।’ नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न पाँच समूह बनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस