गाडीको ठक्करबाट मर्‍यो चितुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गाडीको ठक्करबाट मर्‍यो चितुवा


६ आश्विन २०७८, बुधबार


मुग्लिन । इच्छा कामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफूहरूलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस