परराष्ट्रमन्त्री डा. खड्काको शपथ दिउँसो १ बजे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परराष्ट्रमन्त्री डा. खड्काको शपथ दिउँसो १ बजे


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले एक बजे शपथको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

नेपाली काँग्रेसका नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको हिजो (मंगलबार) बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस