प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् ।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।

निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारी रूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए । उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताए।

अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मङ्गलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस