काँग्रेस पदाधिकारी बैठक अगाडि पौडेल पक्षको छुट्टै छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक अगाडि पौडेल पक्षको छुट्टै छलफल


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्नुअगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लै छलफल गर्ने तयारी गरेका छन्।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधवार)अपराह्न ३ बजे बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्।

सम्बन्धित समाचार : नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

त्यसअगाडि पौडेल पक्षले महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा बेग्लै बैठक गरी धारणा तय गर्न लागेको स्रोतको भनाइ छ।

‘महाधिवेशन तयारी, क्रियाशील सदस्यताको नाम सार्वजनिकमा ढिलाइ र मन्त्री छान्दा पार्टीमा छलफल हुनुपर्छ भन्नेबारे कुरा गर्न आज बैठक बस्न लागेको हो,’ पौडेलनिकट एक नेताले भने, ‘महाराजगन्जमा आज दिउँसो १ बजे बैठक छ।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले आज परराष्ट्र मन्त्री नियुक्त गर्ने सम्भावना छ। देउवाले नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेका छन्। पौडेल पक्षले भने मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीमा रहे पनि पार्टीमा छलफल हुनुपर्ने बताइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस