नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ ।

बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए ।

हिजो (मंगलबार) बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्र मन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । काङ्ग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा काँग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस