काठमाडौँ । सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।