कर्मचारी सङ्गठनले सरकारलाई भन्यो -‘सङ्गठनमा लगाएको ताला तुरुन्त खोलियोस्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सङ्गठनले सरकारलाई भन्यो -‘सङ्गठनमा लगाएको ताला तुरुन्त खोलियोस्’


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्गठनको मुलगेटमा प्रहरीले लगाएको ताला तुरुन्त खोली नियमित कार्य सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार ११ औँ राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजत्र केदार प्रसाद देवकोटाले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ सङ्गठनको मूल गेटमा प्रहरीले ताला लगाई सत्ताको आडमा मुठभेट निम्त्याउने तयारी देखिएको भन्दै ताला खोली नियमित कार्य सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका हुन ।

‘साथै सङ्गठनका नियमित गतिविधिमा संलग्न भइरहेको अवस्थामा बेलुकी ७ बजे सङ्गठनका पदाधिकारी, सदस्य, शुभचिन्तकहरूलाई केन्द्रीय कार्यालयबाट प्रहरीले धरपकड गरी प्रहरी वृत्त अनामनगर लगेर अशिष्ट र अमर्यादित व्यवहार गरेको प्रति सङ्गठन उक्त कार्यको घोर भर्त्सना र निन्दा गर्दछ’ सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबिच विवाद हुँदा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । अध्यक्ष देवकोटासहितको संस्थापन पक्ष र नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट कर्मचारी नेताहरूको टोलीले आधिकारिकताको विषयलाई लिएर कार्यालय पुगेपछि झडपको स्थितिमा पुगेको थियो ।

सम्बन्धित समाचार : कर्मचारी संगठनका ९२ जना पक्राउ

संस्थापनतर्फका अध्यक्ष देवकोटासहितका कर्मचारीलाई अनामनगरस्थित प्रहरी कार्यालयमा लगिएको थियो भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा लगेर विवाद नगर्ने सर्तमा राति नै छोडिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस