२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

अ+ अ-

खलङ्गा । कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हुँदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ ।

सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने गरेकोे छ । सिम्लेखोला पुल नजिकै हिलोले उकालोमा गाडी नआउँदा घण्टौँ लगाएर ट्र्याक्टरले उद्धार गर्ने गरे पनि यात्रुले दिनभर कुर्नुपरेको जुम्लादेखि नेपालगञ्ज जान लागेकी यात्रु ममता नेपालीले बताइन् ।

सिम्लेखोलामा एउटा गाडी चढ्न दुई घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ । बाटो बिग्रेर ठूला सवारी साधन तथा मालवाहक ट्रकलाई झन समस्या भइरहेको छ । सम्बन्धित निकायको ध्यान नजाँदा यो समस्या खडा भएको यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

निर्माण व्यवसायीले काम गरेन

निर्माण व्यवसायीले समयमा काम नगर्दा सो क्षेत्रमा सवारी साधन र मालवाहक गाडीले निकै धेरै दुःख पाउने गरेका छन् । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सो क्षेत्रसहित दुई÷तीन स्थानमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले समयमै काम नगरीदिँदा यो समस्या भइरहेको छ ।

कालीकोटका ठेकेदार मानबहादुर शाहीले ठेक्का लिएको उक्त क्षेत्रमा अहिलेसम्म काम गरेको छैन । काम समयमा नगरेको भन्दै कालोसूचीमा राख्नेसमेत कार्यालय प्रमुख भण्डारीले बतए । कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा करिब पुल धमाधम बनिरहेका समयमा सानातिना हिलाम्मे क्षेत्रले सकस बनाउँदै आएका छन् ।