२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फस्टाउँदै टिमुर खेती

अ+ अ-

नारायाणपुर । जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जङ्गली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानले अहिले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।

डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये एक लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा टिमुर ९६ हजार ७४५ केजी निर्यात भएको थियो । गत वर्ष जिल्लामा करिब–करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालय दाङले बङ्गलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडालाई गत वर्ष पकेट क्षेत्र घोषणा गरेको छ ।

पकेट क्षेत्रमा टिमुरसँगै मालागेडी र दालचिनीका एक लाख ८४ हजार बिरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरूवा टिमुरका छन् । ‘पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सबै किसानका घरमा छन्, त्यसले मात्र किसानको जीवनस्तरमा परिवर्तन हुन सक्दैन, जडीबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउन धेरै नै जडीबुटी खेती गर्नुपर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानले बिरूवा रोप्न थाल्नुभएको छ’, सहायक वन अधिकृत चौधरीले भने ।

कार्यालयका अनुसार टिमुरसँगै अन्य जडीबुटीको जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार ५८० केजी, अमला ११ हजार २०० केजी, काउलोको बोक्रा ५२ हजार १५० केजी, तेजपात ६७ हजार ३०० केजी, लहरे गुर्जो एक हजार ३०० केजी र टिगडी ५ हजार ४५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए ।

उनकाअनुसार अल्लोको बोक्रा २०० केजी, पाखनवेद ९ हजार केजी, सुगन्धवा ५०० केजी, गत्रो सात हजार १५ केजी, बर्रो पाँच हजार केजी, हर्रो चार हजार केजी, धाइराको फूल एक हजार ५०० केजी, भृगराज एक हजार ५००, दूधेलहरो एक हजार ५००, ब्राह्मी एक हजार ५००, बेलचना ३०० हजार केजी र चुत्रोको बोक्रा पाँच हजार केजी निर्यात हुँदा सात लाख १७ हजार २५० रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

वन कार्यालयले राष्ट्रिय वनबाट सङ्कलित जडीबुटीको निर्यातमा राजस्व लिने गरेको छ । निजी वनबाट सङ्कलित जडीबुटीमा राजस्व नलिने गरेको सहायक वन अधिकृत चौधरीले जानकारी दिए । जिल्लामा ८९ हजार ४१७ हेक्टर वनमध्ये १६० हेक्टर वन क्षेत्रमा जडीबुटीखेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस