२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न आग्रह

अ+ अ-

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । त्यस्ता जीवन्त सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, संस्कृति, रहनसहन, विभिन्न मान्यता भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले कार्यक्रम गरिएको हो ।

युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कलालगायत पाँच बृहत् प्रस्ताव गरेको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले जानकारी दिए । उनले भने, ‘युनेस्कोले पाँच अमूर्त विद्याको प्रस्ताव तयार गरेर यसको संरक्षण र विकासमा लागको छ । यी अभौतिक सम्पदा हाम्रो राज्यको सम्पत्ति हुन् । यसको महत्त्वलाई बुझेर संरक्षणमा लाग्न आवश्यक छ ।’

दिंला, हतुवागढी, टक्सारलगायत ठाउँको ऐतिहासिक महत्त्वका विषयमा युनेस्कोले खोजी गर्न सकिने जनाएको छ । दिंला ऐतिहासिक एवं धार्मिकस्थल रहेकाले यसको अनुसन्धान गर्नको लागि युनेस्कोका पहलमा विज्ञ समूहलाई ल्याउने योजना रहेको सहायक महासचिव डा अधिकारीले जानकारी दिए । ‘दिंला एउटा ऐतिहासिक स्थल हो । यहाँबाट संस्कृत भाषाको विकासमा धेरै योगदान पुगेको छ । यसभित्र लुकेका थप अमूर्त भौतिक सम्पदाको अनुसन्धान गर्न विज्ञ समूह ल्याउने हाम्रो योजना छ’, उनले भने ।

संस्कार, संस्कृति, मान्यता, भाषा, धर्म, आस्था, विभिन्न जातजातिको रीतिरिवाज आदिको खोजी तथा संरक्षण र विकास गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको हो । कार्यक्रमले यस्ता सम्पदाको विकासमा टेवा पुग्ने देखिएको छ । युनेस्कोले तीन दिने समुदायमा क्षमता अभिवृद्धि प्रशिक्षणको आयोजना गरेर यस्ता सम्पदाको विषयमा जानकारी गराएको हो ।

प्रशिक्षण कार्यक्रमका सहभागी विष्णुकुमार राईले भने, ‘भोजपुरमा धेरै पक्षमा विविधता छ । कतिपय त्यस्ता मान्यता आस्था, विश्वास, भाषा आदि लोप हुँदै गएको अवस्था छ । यस कार्यक्रममा सहभागी भएर ती कुरालाई कसरी संरक्षण गर्न सकिने रहेछ । कस्ता सम्पदा अभौतिक हुन् भन्ने विषयमा जानकारी पाइयो । यस्ता कुरालाई भावी पुस्तासम्म पुर्‍याउनको लागि स्थानीय सरकारले योजनाबद्ध रुपमा काम गर्नु पर्ने देखियो ।’

पछिल्लो समयमा अभौतिक सांस्कृतिक सम्पदा लोप हुने खतरा बढी रहेकाले यस विषयमा समुदाय स्तरमा चेतना फैलाउन आवश्यक रहेको युनेस्कोका राष्ट्रिय आयोग सदस्य दीपक सरकारले बताए । उनले भने, ‘हाम्रो देशमा धेरै अभौतिक सम्पदा छन् । कतिपय त्यस्ता सम्पदा हराउने अवस्थामा पनि पुगेका छन् । यसको विकास गरेर नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने दायित्व हामीसँग छ । कतिपय भाषा, आस्था रीतिरिवाज तथा मिथक हराएको अवस्था पनि छ । यस्ता कुराको संरक्षण गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीय तहले धेरै राम्रो आर्थिक उपार्जन गर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस