प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना


३ आश्विन २०७८, आइतबार


विराटनगर । प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भनेका छन्।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकतालाई अझ बलियो बनाउन आग्रह गरे ।

सन्देशमा भनिएको छ, ‘सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको छ ।’

देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययिता, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस