संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल


३ आश्विन २०७८, आइतबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताएका छन्।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्न सके मात्र संवैधानिक शासनमार्फत राजनीतिक स्थिरता कायम हुन सक्ने उल्लेख गरे ।

सन्देशमा भनिएको छ ‘राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।’

सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ ।’ सन्देशमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस