२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

अ+ अ-

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताएका छन् । आज साँझ महोत्तरीको बर्दिवास नगरपालिका कार्यालय प्रयोजनको प्रशासनिक भवनको शिलान्यास गर्दै महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन्।

‘लोकतन्त्रको आधारभूत तह भनेकै स्थानीय तह र यस तहका स्थानीय बासिन्दा हुन्’, पूर्वमन्त्रीसमेत रहेका पोखरेलले भने, ‘त्यसैले स्थानीय तहका बासिन्दा सर्वसाधारणले लोकतन्त्रको साँचो उपभोगको अनुभूति आफ्नै ठाउँबाट गर्न पाउनुपर्छ ।’ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणले आधारभूत तहका जनतासम्म सेवा प्रवाहमा थप सहजता हुने पोखरेलले विश्वास व्यक्त गरे ।

बर्दिवास नगर कार्यपालिकाको कार्यालय भवन बर्दिवास–१४ मा शिलान्यास गर्दै नेता पोखरेलले विकास निर्माणका कार्यमा सबै दल, सबै समाजका अङ्ग एक हुनुपर्ने औँल्याए । बर्दिवास–१४ मा सार्वजनिक स्वामित्वको ०१–१३–० (एक बिघा १३ कठ्ठा) र दाताहरू रमेश भण्डारी, कुमार भण्डारी, विनोद भण्डारी, गोपीराज पोखरेल, टीकाराज पोखरेल र डाकराज पोखरेलसहितले निःशुल्क उपलब्ध गराउनुभएको दुई कठ्ठासहित जम्मा ०१–१५–०० (एक बिघा १५ कठ्ठा) क्षेत्रफलभित्र कार्यालय भवन निर्माणको काम आज प्रारम्भ भएको हो ।

खुला बोलपत्र प्रक्रियाबाट एएम–पाइनस ओमनीलकण्ठेश्वर जेभी निर्माण कम्पनीले रु नौ करोड ३७ लाख लागतमा निर्माण गर्ने गरी सम्झौता भएपछि शिलान्यास सम्पन्न भएको हो । कार्यालय भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष कृष्ण खत्रीले बताए । कार्यालय भवन निर्धारित समयभित्र निर्माण सम्पन्न भएर सेवा प्रवाह आफ्नै भवनबाट थालिने नगरप्रमुख बिदुरकुमार कार्कीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस