कर्मचारीको सरुवा तथा काज स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको सरुवा तथा काज स्थगित


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने भएको हो ।

स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान/निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सो बमोजिम उल्लिखित कर्मचारीहरूको सरुवा/काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ, सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस