२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आर्थिक समृद्धि गर्न आयआर्जनमा लगानी आवश्यक’

अ+ अ-

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सहकारीले समाजमा समृद्धि कायम गर्न आयआर्जनमा लगानी गर्नुपर्ने बताएका छन्।

राजसती महिला बहुउद्देश्यीय सहकारी संस्था बुढीगङ्गा–१ टङ्कीसिनवारी मोरङको २१औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एक आपसमा विश्वासिलो वातावरण कायम गरी घर, टोल, समाज राष्ट्रलाई समृद्ध बनाउने अभियानमा जुट्न आग्रह गरे ।

संस्थकी अध्यक्ष तारादेवी राई, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष डिल्ली पोखरेललगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका ज्येष्ठ नागरिक ६९, ज्येष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला शेयर सदस्य १२ गरी ८९ जनालाई सम्मान गरे । विसं २०५७ मा ९५ सदस्यबाट रु २० सङ्कलन गरी थालिएको सो सहकारीमा अहिले समावेशीको आधारमा ९०२ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यमध्ये महिला ९०० रहेका छन् । संस्थाले चालु आर्थिक वर्षको अहिलेसम्म रु १० करोड ५३ लाख ३९ हजार ४२७ बचत सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस