२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा अनुगमन टोली पुग्यो हिल्सा

अ+ अ-

सिमकोट । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।

सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् ।

टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल रहेका छन् ।

नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए ।

मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस