सरुवामा सोर्सफोर्स लगाउने प्रमुख प्रशासकीय अधिकृतको कासमू रेटिँदै ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरुवामा सोर्सफोर्स लगाउने प्रमुख प्रशासकीय अधिकृतको कासमू रेटिँदै !


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । शक्तिकेन्द्रको सोर्सफोर्समा सरुवा गराउने प्रमुख प्रशासकीय अधिकृतहरूको कार्य सम्पादन मूल्याङ्कन(कासमु) रेटिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारम्बार सरुवा भई रहने, सोर्सफोर्स लगाएर आकर्षक ठाउँ रोज्ने, बढी बेरुजु देखिएका र कार्यक्षमता न्यून भएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको कासमू काट्ने रणनीति अपनाएको हो ।

मन्त्रालय उच्च स्रोतले प्रशासन सिंहदरवार ब्युरोलाई दिएको जानकारी अनुसार चाँडो चाँडो सरुवा हुने र सरुवामा अनावश्यक दबाब सिर्जना गर्ने प्रशासकीय अधिकृतको कासमू घटाइँदै छ । ‘मन्त्रालयले मूल्याङ्कन गरेर पठाउने भन्दा राजनीतिज्ञहरूबाट दबाब दिन लगाएर सरुवा गराउन थालेपछि मन्त्रालयले यो रणनीति अपनाएको हो’, ती स्रोतले भने, ‘कतिपयले त जनप्रतिनिधिहरुलाईसमेत नटेरी आर्थिक चलखेलमा मात्रै ध्याउन्न राख्ने गरेको पनि भेटियो ।’

यतिबेला प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन मूल्याङ्कन गरिँदै छ ।

पछिल्लो समय स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र असाध्यै अस्थिर बन्दै गएको छ । एकात्मक राज्य प्रणालीमा काठमाडौँमा रहेको एउटा मात्रै सिंहदरवार सङ्घीय प्रणालीमा गइसकेपछि घर आँगनमै पुग्यो भनिए पनि नागरिकले पाउने सेवा प्रवाह र व्यवहारमा भने खासै फरक महसुस गर्न सकिरहेका छैनन् । बरु केही जनप्रतिनिधि र ‘कामचोर’ प्रवृत्तिका ‘तरमारा’ कर्मचारीहरूले मेवा लुटिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस