२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

अ+ अ-

ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाचौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताइन् । उनले भनिन्, ‘तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छौँ ।’

नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल राष्ट्रिय निजामति कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले मुलुक निर्माणको अभियानमा कोही कतैबाट केही सानातिना गल्ती भेट्दिा सबैले आलोचना खेप्नु परिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाल इञ्जिनियरिङ एशोसिएशनका महासचिव छवि पोखरेलले निर्माण व्यवसाय फस्टाउनका लागि सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीभित्र रहेका त्रुटि एक जुट भएर सच्याउन अनुरोध गरे । सो सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीका हितमा ऐन संशोधन भएमात्रै आफूहरुले न्याय पाउने बताए ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायमा लो बिडिङ र क्रेडिटलाइनको सबैभन्दा ठूलो समस्या रहेकाले यसको समाधान गर्न सुझाव दिए। सङ्गठनका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईले २०६४ सालमा गठन भएको सो संस्थाले व्यवसायीमा परेका समस्या समाधान गर्न अब आउने नेतृत्व चुस्त र दुरुस्त हुनुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष शिवप्रसाद चौलागाईंले यो व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस