२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन ।

प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। यस अघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन ।

नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट बनाएको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन नगरेको भए त्यो अध्यादेश पनि आजदेखि निष्क्रिय हुने थियो । अध्यादेश पनि निष्क्रिय भएको र नयाँ विधेयक पनि पारित नभएको स्थितिमा अब बजेट खर्च रोकिने अवस्था आएको छ ।

प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याए पनि पास गर्ने समय नपुग्दा बजेट खर्च रोकिएको हो। सरकारले प्रक्रिया पूरा गरेर बजेट ल्याउन खोजेको थियो। तर प्रतिनिधिसभामा नेकपा एमालेले निरन्तर अवरोध गरेपछि नयाँ सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास हुन सकेन। यसको असर बजेट खर्चमा देखिएको छ।

जेठ १५ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। सरकार परिवर्तनका कारण अध्यादेशको बजेट संसदमा पास भएन। अध्यादेशबाट आएको बजेट ६० दिनभित्र पारित गर्नुपर्ने हुन्छ। तर बजेट पारित हुनुपर्ने समय भदौ ३० सम्म भएकाले सरकारले समेत संसद् अवरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस गरेको थियो।

नयाँ सरकारले ल्याएको प्रतिस्थापन विधेयकसमेत संसदबाट पास नहुँदा अबको केही दिन सरकारले खर्च गर्न सक्ने छैन।

प्रतिस्थापन विधेयक संसदमा छलफल गरी पारित गर्नुपर्ने भए पनि मंगलबारको बैठकले प्रतिस्थापन विधेयक विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत गरेको छ। तर पास हुन अर्को संसद् बैठक कुर्नु पर्ने भएको छ र अर्को बैठक असोज ४ गते मात्र बस्ने छ।

प्रतिक्रिया दिनुहोस