मुलुकभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुलुकभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । धानमा टप ड्रेसिङ गर्ने बेलामा देशभर रासायनिक मलको अभाव भएको छ । घण्टौँ लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् ।

धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् । समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन ।

राष्ट्रिय कृषक समूह महासङ्घका पूर्व अध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो ।

धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ, पूर्व अध्यक्ष अधिकारीले भने, किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन् । सम्बन्धित निकाय जबाफदेही नहुँदा बर्सेनी धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन् ।

मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन, उनले भने, सधैँ नीतिगत समस्या देखाएर पन्छिने पन्छाउने काम भएको छ । सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ ।

सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमता भएको अधिकारीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस