केही दिन सरकारको खर्च रोकिन सक्छः अर्थमन्त्री शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केही दिन सरकारको खर्च रोकिन सक्छः अर्थमन्त्री शर्मा


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ । जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए ।

उनले भने, ‘कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५–७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ ।’

तर पेश्की खर्च नगर्ने उनले बताए । उनले भने, ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस