एमसिसीको विरोधमा नेकपा विप्लव समूहको प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसिसीको विरोधमा नेकपा विप्लव समूहको प्रदर्शन


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौँमा आज (सोमबार) प्रदर्शन गरेको छ ।

सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

सडक र विद्युत् प्रसारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसिसी सम्झौता गरेको थियो ।

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस